च्याम्पियन बनेसँगै सबै क्रिकेट खेलाडीले १९ लाख ५० हजार पुरस्कार पाउने
विराटनगर । आईसीसी टी–द्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको ट्रफी जितेको नेपाली क्रिकेट टोलीका सबैले जनही १९ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । शुक्रबारको खेलमा सामोआलाई पराजित गर्दै नेपाल आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको च्याम्पियन बनेसँगै उक्त पुरस्कार पाउने भएको हो