लोड हुँदैछ...

मेनु

परपुरुषसँग यौन सम्पर्क गर्दा मृत्यु !

परपुरुषसँग यौन सम्पर्क गर्दा मृत्यु !

एजेन्सी । चीनमा एक विवाहित पुरुष प्रेमिकासँग होटलमा यौनसम्पर्क गरेपछि मृत्यु भएको घटनामा अदालतले अन्तिम फैसला सुनाएको छ। मृतकका परिवारले होटल र प्रेमिकाविरुद्ध क्षतिपूर्ति माग्दै मुद्दा हालेका थिए।

६६ वर्षीय झोउ थरका ती पुरुषको मृत्यु हृदयघात (एक्युट मायोकार्डियल इन्फार्क्सन) का कारण भएको स्थानीय अस्पतालले जारी गरेको चिकित्सकीय प्रमाणपत्रमा उल्लेख गरिएको छ। रेड स्टार न्युजका अनुसार झोउको मृत्यु सन् २०२४ जुलाई १४ मा दक्षिणी चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्र अन्तर्गत पर्ने पिङनान काउन्टीस्थित एक होटलमा भएको थियो।

मृत्युअघि झोउले झुआङ नामकी महिलासँग होटलको कोठामा यौनसम्पर्क गरेका थिए। झोउ विवाहित व्यक्ति थिए भने झुआङ उनकी प्रेमिका थिइन्। झोउकी श्रीमती र छोराले झोउको ज्यान जोगाउने दायित्व पूरा नगरेको भन्दै होटल र झुआङ दुवैविरुद्ध मुद्दा दायर गरेका थिए।

परिवारले ५ लाख ५० हजार युआन ९करिब ७७ हजार अमेरिकी डलर० क्षतिपूर्ति माग गरेका थिए। अदालतले त्यसमा अन्त्येष्टि खर्चबापत थप ७० हजार युआन जोड्दै कुल ६ लाख २० हजार युआनको दाबीमाथि सुनुवाइ गरेको थियो।

झोउ र झुआङ सन् १९८० को दशकमा एउटै कारखानामा काम गरेका थिए। उनीहरू सन् २०२३ मा एक कार्यक्रममा फेरि भेटिएका थिए। सन् २०२४ जुलाई २४ मा झोउ होटलमा बसेर झुआङलाई त्यहाँ बोलाएका थिए।

झुआङका अनुसार उनीहरू यौनसम्पर्कपछि सुतिरहेका थिए। जब उनी ब्युँझिइन्, झोउ सास नफेरेको अवस्थामा थिए। झोउको मृत्यु भएको ठानेर उनी डराइन् र के गर्ने भन्ने अन्योलमा परिन्।

झुआङलाई उच्च रक्तचापको समस्या भएकाले उनी पहिले घर गएर औषधि खाएर फर्किएकी थिइन्। होटल फर्किएपछि कोठा खोल्न नसकेपछि उनले होटल कर्मचारीलाई सहयोग मागिन्। कोठा खोलेपछि झोउ अचेत अवस्थामा भेटिए। त्यसपछि होटल कर्मचारीले एम्बुलेन्स र प्रहरीलाई खबर गरेका थिए। चिकित्सक र प्रहरीले झोउको मृत्यु भइसकेको पुष्टि गरेका थिए।

अनुसन्धानका क्रममा झोउलाई पनि उच्च रक्तचापको समस्या रहेको र यसअघि स्ट्रोकसमेत भएको खुलेको थियो।

अदालतले झोउको मृत्यु उनको पहिलेदेखिको स्वास्थ्य समस्याका कारण भएको ठहर गरेको छ। त्यसैले मुख्य जिम्मेवारी झोउ स्वयंको भएको अदालतको निष्कर्ष छ। झुआङलाई झोउका रोगबारे जानकारी नभएकाले उनीमाथि गौण जिम्मेवारी मात्र लाग्ने फैसला गरिएको छ।

अदालतले झुआङले कोठा छाडेर करिब एक घण्टापछि फर्कँदा झोउको ज्यान जोगाउने महत्त्वपूर्ण समय गुमेको उल्लेख गरेको छ। साथै, विवाहित व्यक्ति हुँदाहुँदै पनि झोउसँग सम्बन्ध राखेर उनले सार्वजनिक नैतिकता र सामाजिक मर्यादा उल्लङ्घन गरेको पनि अदालतले भनेको छ।

अन्ततः अदालतले झुआङलाई कुल ६ लाख २० हजार युआनको १० प्रतिशत अर्थात् ६२ हजार युआन ९करिब ८ हजार ६ सय अमेरिकी डलर० मात्र मृतकको परिवारलाई तिर्न आदेश दिएको छ।

होटलको हकमा भने कुनै लापरबाही नदेखिएकाले क्षतिपूर्ति तिर्नुपर्ने छैन। झोउ सार्वजनिक स्थानमा नभई निजी कोठाभित्र मृत अवस्थामा फेला परेकाले होटल जिम्मेवार नहुने अदालतको निर्णय छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।