लोड हुँदैछ...

मेनु

विराटनगरको लोत्से रेस्टुरेन्टमा ‘अफरै अफर’, खाजासँगै बियर सित्तैमा

विराटनगरको लोत्से रेस्टुरेन्टमा ‘अफरै अफर’, खाजासँगै बियर सित्तैमा

विराटनगर । विराटनगर–९ कलेज रोडमा सञ्चालित ‘लोत्से रेस्टुरेन्ट एण्ड बार’ ले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि विशेष छुट योजना ल्याएको छ। ‘स्वाद, संस्कृति र आतिथ्यताको संगम’ भन्ने नाराका साथ सञ्चालित यस रेस्टुरेन्टले असार २७ गतेदेखि भदौ ५ गतेसम्मका लागि यो अफर सार्वजनिक गरेको हो।

रेस्टुरेन्ट सञ्चालनको एक वर्ष पूरा भएको अवसरमा ग्राहकहरूलाई कृतज्ञता स्वरूप सीमित अवधिका लागि विभिन्न परिकारहरूमा छुटको व्यवस्था गरिएको सञ्चालक साजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार पारिवारिक वातावरणमा रमाउन चाहने ग्राहकहरूलाई लक्षित गरी विभिन्न आकर्षक ‘कम्बो प्याकेज’ हरू ल्याइएको छ।

अफरअन्तर्गत ५ प्लेट पोर्क सेकुवाको अर्डरमा एक बोतल ‘अर्ना बियर’ निःशुल्क प्रदान गरिनेछ। त्यसैगरी, लोत्से विशेष कम्बो प्याकेजअन्तर्गत चिकन र साढे दुई प्लेट बफ सुकुटीको अर्डरमा पनि एक बोतल बियर निःशुल्क पाइने सञ्चालक श्रेष्ठले बताए ।

‘हामीले हाम्रा ग्राहकहरूलाई सधैँ अर्गानिक र टिपिकल स्वादका खाजाहरू खुवाउँदै आएका छौँ,’ सञ्चालक श्रेष्ठले भने, ‘अहिले वार्षिकोत्सवको खुसीयाली बाँड्न सीमित अवधिका लागि यो विशेष छुट योजना ल्याएका हौँ।’ रेस्टुरेन्टमा यीबाहेक अन्य विभिन्न खाजाका परिकारहरूमा समेत विशेष सहुलियतको व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।


This will close in 20 seconds