लोड हुँदैछ...

मेनु

काठमाडौंको बुद्धनगरमा फेरि अर्को आत्मदाह प्रयास

काठमाडौंको बुद्धनगरमा फेरि अर्को आत्मदाह प्रयास

विराटनगर । काठमाडौँको बुद्धनगरमा फेरि अर्का एक जना पुरुषले आज बिहान आत्मदाहको प्रयास गरेका छन् । काठमाडौँ महानगरपालिका–१० स्थित डेरामा ती पुरुषले आत्मदाहको प्रयास गरेका हुन् ।

प्रहरी परिसर काठमाडौँले दिएको जानकारी अनुसार ती व्यक्तिको पहिचान ४५ वर्षीय अश्विन राउत भनेर खुलेको छ । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार राउतको आफ्नो छोरासँग विवाद भएको थियो । विवादपछि उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए ।

उनको शरीरको ५५ प्रतिशत जलेको अस्पतालले जानकारी गराएको एसपी भट्टराईले रातोपाटीलाई बताए । हाल उनको उपचार जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।