विराटनगर । फिफा विश्वकप २०२६ को रोमाञ्चक क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको लस एन्जलस स्टेडियममा भएको खेलको ८८औं मिनेटमा मिकेल मेरिनोले निर्णायक गोल गरेपछि स्पेनको जित सुनिश्चित भएको हो । पाउ क्युबार्सीले गरेको प्रहार बेल्जियमका गोलकिपरले पूर्ण रुपमा नियन्त्रणमा लिन नसक्दा प्राप्त मौकालाई मेरिनोले गोलमा परिणत गरेका थिए ।
यसअघि खेलको ३०औं मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, त्यसको ११ मिनेटपछि अर्थात् खेलको ४१औं मिनेटमा बेल्जियमका चाल्र्स डे केटलेरले हेडर गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।
अन्ततः खेलको अन्तिम समयमा गोल थप्दै स्पेनले अन्तिम चारको यात्रा तय गर्न सफल भयो ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।