विराटनगर । प्रदेश प्रज्ञा–प्रतिष्ठान गठनका विषयलाई लिएर कोशी प्रदेशका स्रष्टाहरूले शुक्रवार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् । ‘कोशी साहित्य–कला परिषद् नेपालको अगुवाइमा झापा, मोरङ र सुनसरीबाट आएका स्रष्टाहरूले मुख्यमन्त्री कार्कीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।
२०७९ सालमा जारी भएको ‘प्रदेश प्रज्ञा–प्रतिष्ठान ऐन’ मा मुख्यमन्त्री कुलपति, सामाजिक विकास मन्त्री सहकुलपति र मन्त्रालयका सचिव सदस्य सचिव रहने व्यवस्था राखिएको थियो । सोही प्रावधानको विषयलाई लिएर स्रष्टा÷कलाकारहरूले लामो समयदेखि विमति जनाउँदै आएका छन् ।
कोशी साहित्य कला परिषद् नेपालका अध्यक्ष केशु विरही र सचिव नवराज पोखरेल ‘नवशिला’ द्वारा हस्ताक्षरित विज्ञप्तिमा ऐनलाई संशोधन गरेर मात्र प्रज्ञा–प्रतिष्ठानको गठन गर्न भनिएको छ । प्रज्ञा–प्रतिष्ठान गठनको पक्षमा रहे पनि राजनीतिक तथा प्रशासनिक व्यक्तिको नेतृत्वमा गठन हुने प्रतिष्ठानको आफूहरूको विपक्षमा रहेको बताउँदै स्रष्टा÷कलाकारको विमति रहँदारहँदै जबरजस्ती गठन गरिएमा आफूहरूलाई त्यो अस्वीकार्य हुने बताइएको छ ।
स्रष्टाहरूबाट ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले ऐनलाई संशोधन गरेर मात्र प्रतिष्ठान गठन गरिने, त्यसका लागि सहजीकरण गरिदिन आग्रह गरेकाछन् । स्रष्टाहरूसँगको संवादमा मुख्यमन्त्री कार्कीले भने, ‘ऐनका बारेमा मलाई धेरै कुरा थाहा थिएन, मैले थाहा पाएँ, अब तपाईँहरू ढुक्क हुनुहोस् संशोधन गरेर मात्र प्रतिष्ठानको गठन हुनेछ । प्राज्ञिक संस्थामा राजनीतिक व्यक्ति भन्दा पनि भाषा, साहित्य, कला तथा संस्कृतिकै क्षेत्रका मानिस मनोनयन गरिनेछ । ऐन संशोधनका लागि तपाईँहरूले हामीलाई सहयोग गर्नुपर्नेछ ।’
थिए ।
प्रदेश प्रज्ञा–प्रतिष्ठान गठनको विषयलाई कोसी साहित्य कला परिषद् नेपालले विगत केही दिनदेखि लगातार रूपमा भर्चुअल बहस गर्दै आएको छ । बहसमा कोसी प्रदेशका विभिन्न संस्थाका प्रमुख, अग्रज स्रष्टा÷कलाकारहरूले सहभागिता जनाउँदै आएका छन् ।
कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीले नेपाली साहित्यको सुदृढीकरणका लागि आफूहरू नियमित रूपमा छलफलमा रहेको बताउँदै भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका लागि गठन गरिने संस्थाको नेतृत्व पनि सोही क्षेत्रका व्यक्तिले गर्नुपर्ने बताए ।
ज्ञापनपत्र बुझाउँदा केशु विरही, नवराज पोखरेल ‘नवशिला’, चिरञ्जीवी काफ्ले, प्रा।डा। टङ्कप्रसाद न्यौपाने, प्रा।डा। भीम खतिवडा, डम्मरुवल्लभ अधिकारी, कुशेश्वर राई, देवीभक्त श्रेष्ठ, प्राज्ञ सुभद्र भट्टराई, रमेन्द्र कोइराला, लीलानाथ सिलवाल, हिम्मत नेम्वाङ, रमेन्द्र कोइराला, रमेश निरौला, गायत्री लम्साल, द्वारिकाप्रसाद पोखरेल, मञ्जु घिमिरे दाहाल, पूजा बहार, अंशुकुमार गुप्तालगायतका दुई दर्जनभन्दा बढी स्रष्टारकलाकारहरूको उपस्थिति रहेको थियो ।
सोही दिन साहित्य चौतारी, झापाका तर्फबाट मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने काम भएको थियो । संस्थाका प्रमुख संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले उक्त ज्ञापनपत्र मुख्यमन्त्रीलाई हस्तान्तरण गरे ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।