लोड हुँदैछ...

मेनु

विराटनगर ओर्लिएलगत्तै गृहमन्त्री सुधन गुरुङ पुगे मोरङ प्रशासनमा

विराटनगर ओर्लिएलगत्तै गृहमन्त्री सुधन गुरुङ पुगे मोरङ प्रशासनमा

विराटनगर । गृहमन्त्री सुधन गुरुङ आज विराटनगर आइपुगेका छन् । उनी बिहान ११ बजे विराटनगर विमानस्थलमा अवतरण गरेका हुन् ।

विमानस्थलबाट उनी सिधै जिल्ला प्रशासन कार्यालय मोरङको नवनिर्मित भवन निरीक्षणका लागि पुगेका थिए । निरीक्षणका क्रममा उनले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसँग जिल्लाको समग्र वस्तुस्थितिबारे जानकारी लिएका थिए ।

भवनको अवलोकनपछि प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्दै गृहमन्त्री गुरुङले प्रशासनको स्वामित्वमा पर्याप्त जग्गा रहेकाले एउटै परिसरबाट एकीकृत सेवा प्रवाह गर्न सके सेवाग्राहीलाई सहज हुने बताए । उनले भने, ‘मलाई यहाँ यति धेरै जग्गा छ भन्ने थाहै थिएन, आज निरीक्षणका क्रममा प्रत्यक्ष देखेँ । जग्गा पर्याप्त रहेछ, एउटै भवनबाट सबै सेवा प्रवाह गर्ने गरी व्यवस्थापन मिलाउन सके सेवाग्राहीलाई धेरै सहज हुने थियो ।’

गृहमन्त्री गुरुङ अहिले दिवा खाजाका लागि कोशी प्रदेश प्रहरी कार्यालय रानीमा रहेका छन् । त्यहाँबाट उनले नेपाल–भारत सीमा नाकाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।