लोड हुँदैछ...

मेनु

इनरुवामा ब्राउन सुगरसहित चार युवा पक्राउ

इनरुवामा ब्राउन सुगरसहित चार युवा पक्राउ

विराटनगर । सुनसरीको इनरुवा क्षेत्रमा प्रहरीले छुट्टाछुट्टै कारबाहीका क्रममा ब्राउन सुगरसहित चार युवालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको संयुक्त टोलीले बिहीबार दिउँसो इनरुवा नगरपालिका–४ स्थित बसपार्क क्षेत्रमा पैदल हिँडिरहेका दुई युवालाई शंकाका आधारमा जाँच गरेको थियो।

जाँचका क्रममा सुन्दरहरैँचा नगरपालिका–१० का २७ वर्षीय राजन उराउ र उर्लाबारी नगरपालिका–४ का ३४ वर्षीय प्रकाश उराउको साथबाट २२ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, सोही क्षेत्रमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ३८ प २३८९ नम्बरको स्कुटर रोकेर जाँच गर्दा चालक धनकुटाको महालक्ष्मी नगरपालिका–९ का २३ वर्षीय उज्वल मादेन र पछाडि सवार भोजपुरको हतुवागढी गाउँपालिका–५ का ३२ वर्षीय रोशन राईको साथबाट २ ग्राम ८९० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद लागूऔषधसँगै स्कुटरसमेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका चारैजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।