विराटनगर । विराटनगरको महेन्द्र चोकमा अवस्थित पारस हस्पिटलले आफ्नो विशेषज्ञ चिकित्सक टोली विस्तार गर्ने क्रममा वरिष्ठ फिजिसियन डा. विमलेश यादवलाई भित्र्याएको छ।
हस्पिटलले शुक्रबार एक कार्यक्रम आयोजना गरी एम्स बाट अनुभव प्राप्त डा. यादवलाई स्वागत गरेको हो।
नवआगन्तुक डा. यादवलाई हस्पिटलका अध्यक्ष डा. सफिउर रहमान, प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहता, अस्पताल प्रबन्धक मो. सिफ्तैन रेजा र लेखा प्रमुख इमरान अन्सारीले स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष डा. सफिउर रहमानले डा. विमलेशको आगमनले अस्पतालको स्वास्थ्य उपचार सेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले अस्पतालको सेवामुखी उद्देश्यमाथि प्रकाश पार्दै भने, ‘पैसा नभएकै कारण अब कसैको पनि उपचार रोकिने छैन। हामी आर्थिक रूपमा विपन्न बिरामीहरूलाई प्राथमिकताका साथ गुणस्तरीय सेवा प्रदान गर्नेछौं।’
त्यस्तै, वरिष्ठ फिजिसियन डा. विमलेश यादवले पारस हस्पिटलमार्फत बिरामीहरूलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्न आफू प्रतिबद्ध रहेको बताए। दक्ष चिकित्सक र अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बिरामीको विश्वास जित्दै अगाडि बढ्ने अस्पताल प्रशासनले जनाएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।