लोड हुँदैछ...

मेनु

काठेपुलसँगै खोलामा झर्यो मारुती भ्यान

काठेपुलसँगै खोलामा झर्यो मारुती भ्यान

विराटनागर । झापाको बाह्रदशी गाउँपालिका–१ साधुपट्टीस्थित अदुवा खोलामाथिको पुरानो काठे पुल भाँचिँदा एक मारुती भ्यान खोलामा खसेको छ। घटनामा मानवीय क्षति भने भएको छैन।

प्रहरीका अनुसार हिजो साँझ करिब ६ बजे भागुडुब्बाबाट साधुपट्टीतर्फ जाँदै गरेको मे १ च ३७६७ नम्बरको मारुती भ्यान पुल तर्ने क्रममा करिब २० मिटर लामो काठे पुल भाँचिएपछि भ्यान खोलामा खसेको हो।

दुर्घटनामा भ्यानमा सामान्य क्षति पुगेको भए पनि चालकसहित सवार सबै सकुशल रहेका छन्। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजगढबाट प्रहरी नायब निरीक्षक जबरबहादुर बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले भ्यानलाई खोलाबाट निकालेर सम्बन्धित धनीलाई जिम्मा लगाएको जनाएको छ।

दुर्घटनापछि पूर्ण रूपमा क्षति भएको उक्त पुलको दुवै छेउ ढुंगा र बाँस राखेर आवागमन बन्द गरिएको छ। स्थानीयवासीले भने नजिकै निर्माणाधीन नयाँ पक्की पुल प्रयोग गरेर पैदल आवतजावत गर्न सक्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।