लोड हुँदैछ...

मेनु

ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पवन झा पक्राउ

ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पवन झा पक्राउ

विराटनगर । विराटनगरस्थित सौर्य बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक पवन झा ठगी आरोपमा पक्राउ परेका छन् । सप्तरी स्थायी घर भई विराटनगरमा बस्दै आएका झालाई जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार नियन्त्रणमा लिएको हो ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र कुमार मिश्रले झालाई ठगी सम्बन्धी कसुरमा पक्राउ गरिएको पुष्टि गरे । ‘झालाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको छ,’ डीएसपी मिश्रले भने, ‘थप तथ्यहरू अनुसन्धानपछि खुल्नेछन् ।’

झाले धेरै व्यक्तिहरूलाई ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको थियो । प्रशासन कार्यालयले उनलाई नियन्त्रणमा लिएर थप कानुनी कारबाही र अनुसन्धानका लागि मोरङ प्रहरीको जिम्मा लगाएको हो ।

प्रहरीका अनुसार उनीविरुद्ध १ लाखदेखि ६ लाख रुपैयाँसम्म ठगीमा परेका पीडितहरूले उजुरी दिएका छन् । उनीमाथि ठगीका विषयमा प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।