विराटनगर । नेपालकै बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतले कसुरदार ठहरिएका व्यक्तिहरूलाई सजाय निर्धारण गरेको छ। सरकारी लिखत कीर्ते, ठगी, संगठित अपराध र राज्य विरुद्धको कसूर लगायतका मुद्दाहरूमा अदालतले कसुरदारहरूको अपराधको गम्भीरता हेरी कैद र जरिवानाको फैसला सुनाएको हो।
प्राप्त सजाय निर्धारण तालिका अनुसार कसुरदारहरूलाई तोकिएको सजायको विस्तृत विवरण यस प्रकार छ:
१. ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएका कसुरदारहरू
यस प्रकरणका मुख्य योजनाकार तथा उच्च पदस्थ व्यक्तिहरूलाई एकीकृत सजाय स्वरूप अधिकतम ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको छ। यस श्रेणीमा पर्ने कसुरदारहरू निम्न छन्:
- टोपबहादुर रायमाझी (पूर्वमन्त्री): ठगीमा २ वर्ष, संगठित अपराधमा ३ वर्ष, राज्य विरुद्धको कसूरमा १ वर्ष ६ महिना र थप ६ महिना कैद गरी एकीकृत रूपमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना।
- टेकनारायण पाण्डे (पूर्वसचिव): ठगीमा २ वर्ष, संगठित अपराधमा ३ वर्ष, राज्य विरुद्धको कसूरमा १ वर्ष ६ महिना र थप ६ महिना कैद गरी एकीकृत रूपमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना।
- केशवप्रसाद दुलाल: सरकारी लिखत कीर्तेमा २ वर्ष, ठगीमा २ वर्ष, संगठित अपराधमा ३ वर्ष र राज्य विरुद्धको कसूरमा १ वर्ष ६ महिना गरी एकीकृत रूपमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना।
- सानु भण्डारी: सरकारी लिखत कीर्तेमा २ वर्ष, ठगीमा २ वर्ष, संगठित अपराधमा ३ वर्ष र राज्य विरुद्धको कसूरमा १ वर्ष ६ महिना गरी एकीकृत रूपमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना।
- सागर राई: ठगीमा २ वर्ष, संगठित अपराधमा ३ वर्ष र राज्य विरुद्धको कसूरमा १ वर्ष ६ महिना गरी एकीकृत रूपमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना।
- सन्देश शर्मा: ठगीमा २ वर्ष, संगठित अपराधमा ३ वर्ष र राज्य विरुद्धको कसूरमा १ वर्ष ६ महिना गरी एकीकृत रूपमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना।
- विक्रम भन्ने गोविन्दकुमार चौधरी: ठगीमा २ वर्ष, संगठित अपराधमा ३ वर्ष र राज्य विरुद्धको कसूरमा १ वर्ष ६ महिना गरी एकीकृत रूपमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना।
- आङटावा शेर्पा: ठगीमा २ वर्ष, संगठित अपराधमा ३ वर्ष, राज्य विरुद्धको कसूरमा १ वर्ष ६ महिना र थप ६ महिना कैद गरी एकीकृत रूपमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना।
डा. इन्द्रजित राईको हकमा विशेष व्यवस्था:
पूर्व सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पनि एकीकृत रूपमा ४ वर्ष कैद र ४० हजार जरिवाना तोकिए पनि उनी ७५ वर्ष नाघेको ज्येष्ठ नागरिक भएकाले कानूनी व्यवस्था बमोजिम सजायमा ७५ प्रतिशत छुट दिइएको छ। छुट पश्चात उनको कुल कैद सजाय ३ वर्ष २ महिना १० दिन कायम भएको छ, जसमध्ये उनले अब ९ महिना २० दिन मात्र कैद भुक्तान गर्न बाँकी रहेको देखिन्छ।
२ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएका कसुरदारहरू
बालकृष्ण खाँण (पूर्व गृहमन्त्री): ठगीमा १ वर्ष, संगठित अपराधमा १ वर्ष ६ महिना, राज्य विरुद्धको कसूरमा ६ महिना र थप ३ महिना कैद गरी एकीकृत सजाय स्वरूप २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना।
- टेकनाथ रिजाल (भुटानी मानवअधिकारवादी नेता): सरकारी लिखत कीर्तेमा १ वर्ष, ठगीमा १ वर्ष, संगठित अपराधमा १ वर्ष ६ महिना र राज्य विरुद्धको कसूरमा ६ महिना गरी एकीकृत सजाय स्वरूप २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना।
१ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएका कसुरदारहरू
यस प्रकरणका अन्य सहयोगी तथा बिचौलियाहरूलाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ:
- नरेन्द्र के.सी.: ठगीमा ६ महिना, संगठित अपराधमा ९ महिना र राज्य विरुद्धको कसूरमा ६ महिना गरी एकीकृत सजाय स्वरूप १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना।
- शमशेर मियाँ: ठगीमा ६ महिना, संगठित अपराधमा ९ महिना र राज्य विरुद्धको कसूरमा ६ महिना गरी एकीकृत सजाय स्वरूप १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना।
- हरिभक्त महर्जन: ठगीमा ६ महिना, संगठित अपराधमा ९ महिना र राज्य विरुद्धको कसूरमा ६ महिना गरी एकीकृत सजाय स्वरूप १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना।
- निरञ्जनकुमार खरेल: ठगीमा ६ महिना, संगठित अपराधमा ९ महिना र राज्य विरुद्धको कसूरमा ६ महिना गरी एकीकृत सजाय स्वरूप १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँ ठगी गरिएको यस घटनामा अदालतले कसुरको प्रकृति र संलग्नताका आधारमा यो सजाय निर्धारण गरेको हो।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।