लोड हुँदैछ...

मेनु

विद्यार्थीहरुका लागि साईबर अपराध सम्बन्धी सचेतना

विद्यार्थीहरुका लागि साईबर अपराध सम्बन्धी सचेतना

विराटनगर । विराटनगरमा विद्यार्थीहरुलाई लक्षित गरी साईबर अपराध सम्बन्धी एक दिवसीय सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। विराटनगर १० स्थित मार्टस मेमोरियल कलेजमा आज बिहीबार उक्त कार्यक्रम आयोजना गरिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, एसपी कबित कटवालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कटवालले पछिल्लो समय प्रविधिको दुरुपयोगका कारण बढ्दै गएको साईबर अपराध, यसका कानुनी प्रावधान र यसबाट बच्ने उपायहरुबारे विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र तिनपैनीकी अध्यक्ष मीना जोशी लगायतको उपस्थिति रहेको थियो। कलेजको कक्षा ११ मा अध्ययनरत विज्ञान , कम्प्युटर विज्ञान , व्यवस्थापन र होटल व्यवस्थापन संकायका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

बढ्दो इन्टरनेटको प्रयोगसँगै सामाजिक सञ्जालमार्फत हुन सक्ने ठगी, चरित्र हत्या र अन्य जोखिमका बारेमा सचेत गराउने उद्देश्यले आयोजित यस कार्यक्रममा शिक्षक तथा शिक्षिकाहरुको पनि उपस्थिति रहेको थियो। यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई प्रविधिको सही प्रयोग गर्न र सम्भावित अपराधबाट जोगिन मद्दत पुग्ने विश्वास कलेज प्रशासनले लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।