विराटनगर । नहरमा मोटरसाइकल खसेर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सुनसरीको गढी गाउँपालिका–३ चालीसहट्टीमा
छिटाहाबाट औराबनी तर्फ आउँदै गरेको प्रदेश १–०२–०५२ प ४५५० नम्बरको मोटरसाइकल गएराति सवा ११ बजे अनियन्त्रित भई सडकबाट नहरमा खसेको थियो ।
उक्त दुर्घटनामा परी सप्तरीको तिरहुत गाउँपालिका ३ बस्ने २५ वर्षीय शिवम यादव गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी गाउँपालिका ४ बस्ने २३ वर्षीय दीपक कुमार यादव घाइते छन् । उनको कोशी अस्पताल विराटनगरमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।