लोड हुँदैछ...

मेनु

आजदेखि भरी सिलिण्डर ग्यास: आधाको झन्झट सकियो

आजदेखि भरी सिलिण्डर ग्यास: आधाको झन्झट सकियो

विराटनगर । विराटनगरसहित देशभरका उपभोक्ताका लागि राहतको खबर छ— आजदेखि बजारमा फेरि भरी सिलिण्डर ग्यास (१४.२ केजी) पाइने भएको छ। नेपाल आयल निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै आजैदेखि मुलुकभर भरी सिलिण्डर बिक्री वितरण गर्ने व्यवस्था मिलाएको जानकारी दिएको हो।

यसअघि ग्यास आपूर्तिको अवस्था असहज भएपछि अभाव टार्न निगमले अस्थायी रूपमा ७.१ केजी मात्र ग्यास भरेर ‘आधा सिलिण्डर’ वितरण गर्ने व्यवस्था गरेको थियो। तर, थोरै ग्यासका कारण उपभोक्ताले पटक–पटक सिलिण्डर साट्न जानुपर्ने र अतिरिक्त ढुवानी खर्च समेत बेहोर्नु परिरहेको थियो। आजदेखि भरी सिलिण्डर आउने भएपछि उपभोक्ताको त्यो सास्ती र झन्झट सधैँका लागि अन्त्य भएको छ।

इण्डियन आयलका विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरूबाट ग्यास लोडिङ्गको अवस्थामा सुधार आएको र बजारमा ग्यासको उच्च माग रहेकाले निगमले पुनः साविककै १४.२ केजीको सिलिण्डर भर्ने निर्णय गरेको हो। निगमका अनुसार अब उपभोक्ताले १४.२ केजी तौल भएको भरी सिलिण्डर ग्यास २ हजार ६० रुपैयाँमा प्राप्त गर्नेछन्।

विराटनगर लगायतका क्षेत्रमा ग्यासको आपूर्ति अब सहज हुने र उपभोक्ताले आधा सिलिण्डरको झमेला व्यहोर्नु नपर्ने ढुक्क गराइएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।