लोड हुँदैछ...

मेनु

विराटनगरमा कटुवा पेस्तोल, गोली र गाँजासहित एक पक्राउ

विराटनगरमा कटुवा पेस्तोल, गोली र गाँजासहित एक पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित जतुवाबाट सशस्त्र प्रहरीले कटुवा पेस्तोल, गोली र गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

आइतबार बिहान सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर रानीबाट खटिएको टोलीले ३१ वर्षीय सुभासचन्द्र यादवलाई नियन्त्रणमा लिएको हो।

जतुवास्थित मुन्ना सहनीको घरमा भाडामा बस्दै आएका यादवको कोठामा खानतलासी गर्दा एक थान कटुवा पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोली र १४० ग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

खानतलासीका क्रममा यादवको साथबाट दुई थान मोबाइल फोन र एक थान भालासमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका यादवलाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।


This will close in 20 seconds