विराटनगर । काठमाडौंको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा सुकुम्बासीहरूमाथि भएको पीडामा सहयो गर्न पुगेका अभियानकर्मीहरुमाथि भएको धरपकडको विरोधमा प्रदर्शन गर्ने २६ जना युवाहरूलाई विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार राति साढे ९ बजेको समयमा विराटनगर महानगरपालिका वडा नं. १ स्थित जिल्ला प्रहरी कार्यालय मोरङको मूल गेट अगाडि भेला भई धर्ना दिइरहेका युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंमा सुकुम्बासीहरूमाथि भएको प्रहरी हस्तक्षेप र उनीहरूको दयनीय अवस्थाको विरोधमा दबाब दिन उनीहरू मोरङ प्रहरी कार्यालयको गेटमा पुगेका थिए । प्रहरीले भने पटक–पटक सम्झाई बुझाई गर्दा पनि अटेर गरी प्रहरीको काम कारबाहीमा बाधा पुर्याएको र सवारी साधन आवतजावतमा अवरोध सिर्जना गरेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
पक्राउ पर्नेहरूमा सप्तरी राजविराजका १७ वर्षीय अमरेश माली, सप्तरीकै २२ वर्षीय कृष्ण यादव, मोरङ विराटनगर-४ का २१ वर्षीय मो. दिल, सुनसरी देवानगञ्ज-२ का २८ वर्षीय मो. अकबर, मोरङ विराटनगर-६ का २० वर्षीय रोहित सहनी, विराटनगर-१० का २० वर्षीय मोहम्मद अफ्रोज, विराटनगर-२ का १८ वर्षीय अंकित राजवंशी, विराटनगर-६ का १८ वर्षीय आसिफ उमर, विराटनगर-६ का २९ वर्षीय चाँद चाहिद, विराटनगर-६ का १८ वर्षीय अफताव सेख, विराटनगर-६ का १७ वर्षीय अरमान सेख, विराटनगर-७ का १८ वर्षीय दिपेश कुमार राय, विराटनगर-८ का २० वर्षीय रिहान सेख, विराटनगर-८ का १७ वर्षीय मेहुबुच आलम, विराटनगर-९ का २१ वर्षीय सारुखान शर्मा, विराटनगर-६ का २२ वर्षीय मो. तौफिक उमर र विराटनगर-१७ का १८ वर्षीय आसिफ सेख रहेका छन् ।
प्रहरीले पक्राउ परेका अन्य व्यक्तिको पनि पहिचान खुलाउँदै थप अनुसन्धान भइरहेको जानकारी दिएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।