लोड हुँदैछ...

मेनु

कोशीमा ‘अति भारी’ वर्षाको चेतावनी

कोशीमा ‘अति भारी’ वर्षाको चेतावनी

विराटनगर । मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालको तराई भूभाग नजिक सरेसँगै कोशी प्रदेशमा ‘अति भारी’ वर्षाको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ, जसको प्रत्यक्ष असर कोशी प्रदेशमा बढी देखिएको छ।

आज कोशी प्रदेशका तराई र पहाडी दुवै भूभागका धेरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। विराटनगरसहित कोशीका तराई क्षेत्रमा आज दिउँसो र राति भारी वर्षाको प्रक्षेपण गरिएको छ। विशेषगरी आज राति कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा ‘अति भारी’ वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

कोशीसँगै मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भने मध्यम वर्षा हुने अनुमान छ। देशभर बदलीको अवस्था रहेकाले पहाडी क्षेत्रमा पहिरो र तराईमा डुबानको जोखिम बढ्न सक्ने भन्दै महाशाखाले सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।


This will close in 20 seconds