लोड हुँदैछ...

मेनु

कोशी प्रदेशसभाबाट खेलकुद अध्यादेश प्रतिस्थापन बिधेयक पारित

कोशी प्रदेशसभाबाट खेलकुद अध्यादेश प्रतिस्थापन बिधेयक पारित

विराटनगर । कोशी प्रदेशसभाले प्रदेश खेलकुद ऐन पहिलो संशोधन अध्यादेश– २०८३ लाई प्रतिस्थापन गर्न बनेको बिधेयकक पारित गरेको छ ।

प्रदेशसभाको मंगललबार बसेको बैठकले अध्यादेश प्रतिस्थापन बिधेयक पारित गरेको हो । सदस्यसचिव, दुई उपाध्यक्ष र १३ सदस्यसहितको खेलकुद बोर्ड गठन गर्ने व्यवस्था रहेको बिधेयक प्रदेशसभाबाट पारित भएको हो ।

सरकारले भागबण्डाको आधारमा पदाधिकारी नियुक्त गर्न बजेट अधिवेशन सुरु हुनु अगाडि गत बैशाख २८ गते अध्यादेश जारी गरेको थियो । बालेन शाह नेतृत्वको संघीय सरकारले संसद्‌को अधिवेशन रोकेर अध्यादेश जारी गर्दा सार्वजनिक रुपमा विरोध गरेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेश जारी गरेको भन्दै विरोध भएको थियो ।

प्रदेश खेलकुद बोर्डको सदस्यसचिव गत कात्तिकदेखि रिक्त रहेको थियो ।रिक्त स्थानमा नयाँ सदस्यसचिवसहित भागबण्डाको आधारमा २ उपाध्यक्ष र सदस्यहरु नियुक्त गर्न अध्यादेश जारी गरिएको थियो । यसअघिको ऐनमा सदस्यसचिव, उपाध्यक्ष र ९ सदस्य मात्र बोर्डमा रहने व्यवस्था थियो ।

अध्यादेश जारी भएपछि सत्तामा रहेका दल नेकपका एमाले र नेपाली काँग्रेसको भागबण्डाको आधारमा बोर्डका पदाधिकारी नियुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।