काठमाडौँ — फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा फ्रान्सले स्विडेनलाई पराजित गर्दै प्रतियोगिताको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी रङ्गशालामा भएको खेलमा फ्रान्सले स्विडेनमाथि ३–० को सहज जित निकालेको हो ।
एकपक्षीय बनेको उक्त खेलमा फ्रान्सका लागि स्टार स्ट्राइकर किलियन एम्बाप्पेले दुई गोल गरे । उनले खेलको ४५ औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए भने ७४ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । त्यसअघि खेलको ५३ औँ मिनेटमा ब्राडली बारकोलाले एक गोल थपेका थिए ।
यो जितसँगै फ्रान्सले नकआउट चरणमा पाराग्वेको सामना गर्ने तय भएको छ ।
यसैगरी, प्रतियोगिताको अन्तिम ३२ अन्तर्गत गएराति भएको अर्को खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गरेको छ । नर्वेको जितमा अग्रपंक्तिका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।