विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगरबाट प्रहरीले एक थान कटुवा पेस्तोल र लागूऔषधसहित ५९ वर्षीय लाल किशोर यादवलाई पक्राउ गरेको छ ।
आइतबार राति करिब १२ः१० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मोरङ,कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले यादवको कोठामा खानतलासी गर्दा उक्त हातहतियार र लागूऔषध फेला पारेको हो ।
प्रहरीका अनुसार यादवको साथबाट एक थान कटुवा पेस्तोल, ३ ग्राम ७ मिलिग्राम खैरो हिरोइन र ८ ग्राम ४८ मिलिग्राम गाँजा बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले पक्राउ परेका यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको जानकारी दिए । उनीमाथि प्रचलित कानुन बमोजिम आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।