काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको अगुवाइमा विपक्षी दलहरूले आज राष्ट्रियसभामा सार्वजनिक महत्वको विषयमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराउँदै छन् ।
मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउन आज बिहान ११ बजे राष्ट्रियसभा सचिवालयमा उक्त प्रस्ताव दर्ता गराउन लागिएको हो ।
नेपाली कांग्रेसको प्रस्तावमा विपक्षी दलहरू नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन गरेका छन् । वर्षायाम सुरु भएसँगै देशभर बाढी र पहिरोको जोखिम बढेको तर सरकारको पूर्वतयारी र व्यवस्थापन फितलो देखिएको भन्दै विपक्षीहरूले संयुक्त रूपमा सरकारको ध्यानाकर्षण गराउन लागेका हुन् ।
विपक्षी दलहरूले विपद्को समयमा प्रभावकारी उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारको स्पष्ट कार्ययोजना र सक्रियता माग गर्दै यो प्रस्ताव दर्ता गर्न लागेका हुन् ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।