लोड हुँदैछ...

मेनु

कोशी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना

कोशी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना

विराटनगर । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा कोशी प्रदेशका विभिन्न भूभागमा आज भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको न्यून चापीय रेखा सरदर स्थानमा रहेकाले प्रदेशभर मौसममा बदली आएको छ।

हाल कोशी प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराईका भूभागमा आंशिक बादल लागेको छ। अहिले प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशका पहाडी र हिमाली भूभागका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, तराईका केही स्थानमा पनि चट्याङसहित वर्षा हुने देखिन्छ। महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा आज दिउँसो ‘भारी वर्षा’ को समेत सम्भावना रहेको छ।

आज राति कोशी प्रदेशको मौसम साधारणतया बदली रहनेछ। प्रदेशका हिमाली, पहाडी र तराई सबै भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको प्रक्षेपण गरिएको छ। विशेषगरी रातिको समयमा कोशी प्रदेशका पहाडी तथा तराई दुवै भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।