लोड हुँदैछ...

मेनु

होल्डिङ सेन्टरमै पस्यो बाढी, ५४ को उद्धार

होल्डिङ सेन्टरमै पस्यो बाढी, ५४ को उद्धार

विराटनगर वर्षाको बाढी र डुबानबाट जोगाउन भन्दै बस्तीबाट हटाएर राखिएका सुकुम्बासीहरू ‘होल्डिङ सेन्टर’मै असुरक्षित बनेका छन्। काठमाडौंको कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुमवासी होल्डिङ सेन्टरमा शुक्रबार राति वाग्मती नदीको बाढी पसेको हो।

बस्तीमा जोखिम हुने भन्दै सरकारले सुरक्षित व्यवस्थापनका लागि राखेको ठाउँ नै डुबानमा परेपछि ५४ जनालाई सुरक्षाकर्मीले उद्धार गरेका छन्। सशस्त्र र नेपाल प्रहरीको टोलीले राति १:३० बजेदेखि उद्धार कार्य सुरु गरी उनीहरूलाई त्रिभुवन विश्वविद्यालय परिसरको स्मृति भवनमा स्थानान्तरण गरेको छ।

होल्डिङ सेन्टरमा रहेका कुल १५४ जनामध्ये ६ जना आफन्तकहाँ गएका छन् भने ९४ जनाले स्थानान्तरण हुन नमानेर सेन्टरकै सुरक्षित भागमा बसिरहेका छन्। बाढीबाट जोगिन शरण लिएकै ठाउँमा नदी पसेपछि सुकुम्बासीहरू थप त्रासमा परेका छन्। वाग्मतीको जलस्तर अझै बढ्न सक्ने भन्दै सुरक्षाकर्मीले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।