लोड हुँदैछ...

मेनु

मिटरब्याज पीडितको पैदल न्याय मार्च लालबन्दी पुग्यो, काठमाडौंतर्फ यात्रा जारी

मिटरब्याज पीडितको पैदल न्याय मार्च लालबन्दी पुग्यो, काठमाडौंतर्फ यात्रा जारी

जनकपुर । जनकपुरबाट सुरु भएको मिटरब्याज पीडितहरूको पैदल न्याय मार्च चौथो दिन आइतबार सर्लाहीको लालबन्दी पुगेको छ।

असार २५ गतेदेखि सुरु भएको मार्च राज्यको ध्यानाकर्षण गराउँदै मिटरब्याज पीडितको हकअधिकार सुनिश्चित गर्नुपर्ने मागसहित काठमाडौंतर्फ अघि बढिरहेको सहभागीहरूले बताएका छन्।

मार्चमा सहभागीहरूले ‘चुपचाप तमसूक फाड’ र ‘अधिकार माग्न काठमाडौं जान पर्दैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन्। उनीहरू दैनिक करिब २० देखि २६ किलोमिटर पैदल यात्रा गर्दै राजधानीतर्फ अघि बढिरहेका छन्।

सहभागीहरूका अनुसार सरकारले यसअघि चारपटक सहमति गरे पनि ती प्रतिबद्धता कार्यान्वयन नगरेकाले पुनः दबाब सिर्जना गर्न काठमाडौंसम्म पैदल यात्रा गर्नुपरेको हो। पीडितहरूले करिब एक साताभित्र काठमाडौं पुगेर सरकारसमक्ष आफ्ना माग पुनः प्रस्तुत गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।


This will close in 20 seconds