लोड हुँदैछ...

मेनु

माजीद अन्सारी पक्राउको विरोध गर्दा प्रहरीले नियन्त्रणमा लिएका २६ युवा थुनामुक्त

माजीद अन्सारी पक्राउको विरोध गर्दा प्रहरीले नियन्त्रणमा लिएका २६ युवा थुनामुक्त

विराटनगर । जेन्जी अभियन्ता माजिद अन्सारीको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि धर्ना दिँदा पक्राउ परेका २६ जना युवालाई रिहा गरिएको छ।

मोरङका प्रहरी प्रमुख (एसपी) कविद कटुवालका अनुसार उनीहरूलाई कागज गराएर अभिभावकको जिम्मा लगाइएको हो ।

प्रहरीको आवागमनमा अवरोध पुर्‍याएकाले शनिबार साँझ उनीहरूलाई नियन्त्रणमा लिनुपरेको एसपी कटुवालले बताए। “बिहान सम्झाइबुझाइ गर्दा आइन्दा यस्तो नगर्ने सर्तमा कागज गराएर छाडेका छौँ,” उनले भने।

कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी डुबानमा परेपछि उनीहरूलाई भेट्न पुगेका जेन्जी अभियन्ता माजिद अन्सारीसहितका अभियन्ता र प्रहरीबीच शुक्रबार विवाद भएको थियो। सो क्रममा प्रहरीले अन्सारीलाई पक्राउ गरेको थियो। प्रहरीको कुटपिटबाट घाइते भएका उनको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

उक्त घटनाको विरोधमा शनिबार साँझ विराटनगरका युवाहरू जिल्ला प्रहरी कार्यालय मोरङको मूल गेटमा धर्नामा बसेका थिए। त्यसक्रममा प्रहरीले २६ जनालाई नियन्त्रणमा लिएको थियो।

प्रहरीको काममा अवरोध गरेको र सार्वजनिक सडकमा धर्ना बसेको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।


This will close in 20 seconds