लोड हुँदैछ...

मेनु

काेशी प्रदेश

काङ्ग्रेस दलका नेता थापाले भने, `एमालेसँगकाे सहकार्य टुट्याे, तीन विकल्पमा छलफल भईरहेकाे छ´

काङ्ग्रेस दलका नेता थापाले भने, `एमालेसँगकाे सहकार्य टुट्याे, तीन विकल्पमा छलफल भईरहेकाे छ´

विराटनगर । काेशी सरकारबारे निर्णय लिन बसेकाे काङ्ग्रेस प्रदेशस्तरीय संयन्त्रको बैठक केन्द्रीय नेताकाे निर्देशनपछि तत्काल कुनै निर्णय नगरी सकिएकाे छ ।

बैठकले वर्तमान एमालेका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारबाट मन्त्रीहरूलाई फिर्ता बाेलाउने निर्णय गर्ने तय गरेकाे थियाे । काङ्ग्रेस काेशी प्रदेश सभापति तथा दलका नेता उद्दब थापाकाे अध्यक्षतामा बसेकाे बैठकले थापा र केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद अमृत अर्याललाई केन्द्रसँगकाे कुराकानी गर्ने जिम्मा दिने निर्णय गरेकाे छ ।

बैठकपछि कुरा गर्दै दलका नेता थापाले एमालेसँगकाे सहकार्य भने अब टुंगिएकाे बताए । सहकार्य टुटेकाे छ । अब तीन विकल्पमा हाी छलफलमा छाैं,´ उनले भने,अझै एमालेसँगकाे सहकार्य प्रयास गर्ने, नेकपासँग मिल्ने वा विपक्षीमा बस्ने विकल्प हामीसँग छ ।´

यसैबीच संयन्त्रको बैठक बसिरहेकाे बेला तत्काल मन्त्री फिर्ता बाेलाउने निर्णय राेकिएकाे छ । केन्द्रका नेताले फाेन गरेकाे कारण कुनै निर्णय भएन,´ थापाले भने,केन्द्रीय समितिले निर्णय गरेर पठाएपछि हामी फेरि बैठक बसेर निर्णय गर्छाैं ।´

संयन्त्रको बैठकमा उपनेता हिमाल कार्की, प्रमुख सचेतक गाेपाल तामाङ, सहमहामन्त्री उमेश थापा, नेता तथा सांसद अमृत अर्याल, गयानन्द मण्डल, मैयाँ श्रेष्ठलगायतकाे उपस्थिति थियाे ।

सरकारमा काङ्ग्रेसका तर्फबाट पूर्वाधार मन्त्री प्रदिपकुमार सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी र भाैतिक राज्यमन्त्री शाेभा चेम्जाेङ सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।