विराटनगर । अविरल वर्षापछिको बाढी र पहिरोका कारण मेची राजमार्गसहित देशका विभिन्न ८ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरीका अनुसार थप ६ वटा सडकमा भने अहिले एकतर्फी मात्रै सवारी साधन चलिरहेका छन्।
मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा सडक अवरुद्ध हुँदा झापा–ताप्लेजुङ चल्ने गाडीहरू बीचमै रोकिएका छन्। यद्यपि, प्रहरीले उक्त क्षेत्रमा वैकल्पिक बाटोबाट सवारी चलाउने व्यवस्था मिलाएको छ। यस्तै, सम्भावित बाढीको जोखिमले बीपी राजमार्ग र पहिरोका कारण कान्ति लोकपथ पनि ठप्प भएको छ।
बाढीपहिरोकै कारण सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, अर्घाखाँचीमा सालझण्डी–ढोरपाटन सडक र गुल्मीमा रुद्रवेणी सडक पनि अवरुद्ध छन्। अर्कोतर्फ, भोजपुर र बागलुङमा मध्यपहाडी राजमार्ग, मकवानपुरमा कान्तिलोकपथ, कास्कीमा नयाँपुल–घान्द्रुक सडक र गुल्मीमा कालीगण्डकी करिडोरमा अहिले एकतर्फी मात्रै गाडी चलिरहेको प्रहरीले जनाएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।