लोड हुँदैछ...

मेनु

प्रदेश सरकारबाट भोली नै मन्त्री फिर्ता बोलाउछौ : महामन्त्री घिमिरे

प्रदेश सरकारबाट भोली नै मन्त्री फिर्ता बोलाउछौ : महामन्त्री घिमिरे

विराटनगर । नेपाली कांग्रेसले सातै प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ। सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) सँगको सहकार्यमा देखिएको असहजताका कारण कांग्रेसले एमालेसँगको गठबन्धनबारे पुनरविचार गर्दै सरकारबाट बाहिरिने जनाएको छ ।

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सुदूरपश्चिममा एमालेले सिर्जना गरेको अप्ठ्यारो परिस्थितिका कारण एमालेसँगको सहकार्यलाई निरन्तरता दिन नसकिने अवस्था आएको बताए । घिमिरेका अनुसार, कांग्रेसले अब एमालेसँगको गठबन्धनलाई पुनरविचार गर्ने र सबै प्रदेश सरकारहरूबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने भएको हो ।

‘सुदूरपश्चिममा एमालेले जुन अप्ठ्यारो पार्यो, त्यसले अब हामीलाई एमालेसँगको गठबन्धन पुनरविचार गर्नुपर्ने ठाउँमा पुर्‍याएको छ,’ घिमिरेले भने ‘हामीले सुदूरपश्चिम र कर्णालीबाट फिर्ता हुने निर्णय गरिसकेका छौँ र भोलिसम्ममा एमालेले नेतृत्व गरेका प्रदेशका मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी छ।’

एमालेसँगको दुरी बढेसँगै कांग्रेसले नेकपासँग नयाँ समीकरणका लागि छलफल सुरु गरेको छ। नेता घिमिरेले नेकपासँग पनि कुराकानी भइरहेको पुष्टि गर्दै यदि नेकपासँग ठोस सहमति हुन नसके कांग्रेस सातै प्रदेशमा प्रतिपक्षमा बस्ने स्पष्ट पारे ।

‘नेकपासँग पनि कुराकानी सुरु भइरहेको छ। यदि त्यो संवादले मूर्त रूप लिएन भने हामी सातै प्रदेशमा प्रतिपक्षमा बस्छौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।