लोड हुँदैछ...

मेनु

इलामको चुलाचुलीका इन्जिनियर ६ लाख रुपैयाँ घुससहित पक्राउ

इलामको चुलाचुलीका इन्जिनियर ६ लाख रुपैयाँ घुससहित पक्राउ

विराटनगर । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालय र केन्द्रीय कार्यालय टंगालबाट खटिएको संयुक्त टोलीले उनलाई झापाको दमक नगरपालिका–९ स्थित एक खाजाघरबाट नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा निर्माण ठेक्काको भुक्तानी प्रक्रिया सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग उनले घुस रकम मागेका थिए। सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।