लोड हुँदैछ...

मेनु

कोशीमा कांग्रेसले पनि बोलायो संयन्त्रको बैठक

कोशीमा कांग्रेसले पनि बोलायो संयन्त्रको बैठक

विराटनगर । कर्णाली र सुदूरपश्चिमको विकसित पछिल्लो राजनीतिक परिस्थितिसँगै नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता साझेदारीमा खटपट सुरु भएको छ । बुधबार कर्णाली र सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरणमा आएको फेरबदलको बाछिटा कोशी प्रदेशमा समेत पुगेको छ ।
काग्रेसले प्रदेश सरकारबाट एमालेसँगको समितिकरण तोडने चर्चा विच भोलि ११ बजेका लागि कांग्रेसले भोलि (बिहीबार) पार्टी र सरकारबीच समन्वय गर्न बनेको संयन्त्रको आकस्मिक बैठक बोलाएको छ ।

स्रोतबाट प्राप्त जानकारी अनुसार, कोशी प्रदेशमा सत्ता साझेदारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले ११ बजे संयन्त्रको बैठक बोलाएको हो । भोलि बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने तय भएको उक्त बैठकमा दलका नेता, उपनेता, प्रमुख सचेतक, सचेतक, पार्टीका महामन्त्री सहभागी हुनेछन् । ‘अहिलेसम्मता केन्द्रको केहि निर्देशन आएको छैन,’ एक नेताले भने ‘तर भोलि कार्यदलको बैठक भने बोलाइएको छ । भरे रातिसम्ममा केहि निर्णय आउन सक्छ ।

स्रोतका अनुसार कार्यदलमा सिनियर नेताहरू अमृत अर्याल, गयानन्द मण्डल र सरकारको नेतृत्व गरिरहेका प्रदीप सुनुवार लगायतका नेताहरूको उपस्थिति रहनेछ । कार्यदलका एक सदस्यका अनुसार सुदूरपश्चिम र कर्णालीको कुरा सुनिएपछि यहाँ पनि हलचल भएको हो । भोलिको बैठकपछि कोशीको सत्ता यात्राबारे ठोस धारणा सार्वजनिक हुनेछ । बैठकले कोशीमा कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल हुने उपनेता हिमाल कार्कीले बताए । कणालि र शुदुर पश्चिमपछिको उतपन्न समस्याबा बारेमा छलफल हुने उनले बताए । रु

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।