लोड हुँदैछ...

मेनु

प्रहरी निरीक्षकको माग पद सङ्ख्या थप

प्रहरी निरीक्षकको माग पद सङ्ख्या थप

विराटनगर । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ रिक्त रहेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको विज्ञापनमा माग पद सङ्ख्या थप गरेको छ । प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै यसअघि खुलाइएको आवेदनमा ८ जना थप गरेको जानकारी दिएको हो ।

यसअघि २०८२ मंसिर २६ गते प्रकाशित विज्ञापनमा कुल २१ जनाको माग गरिएकोमा अब त्यसलाई बढाएर २९ पुर्‍याइएको छ । थपिएका ८ पदहरूमध्ये खुलातर्फ ४ जना, आदिवासी जनजातितर्फ २, मधेशीतर्फ १ र दलिततर्फ १ जना रहेका छन् ।

योसँगै अब कुल २९ जनाको पदपूर्ति हुनेछ, जसमा खुलातर्फ १६, महिला २, आदिवासी जनजाति ५, मधेशी ४ र दलित २ जना रहनेछन् ।

सर्वोच्च अदालतको परमादेश र समावेशी समूहका सम्बन्धमा भएको कानुनी प्रबन्ध बमोजिम आर्थिक वर्ष २०७९/८० मा समावेश हुन नसकेका पदहरूलाई समेत समेटेर यो सङ्ख्या थप गरिएको प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले जनाएको छ । हालकै प्रचलित कानुन बमोजिम ती पदहरूको पदपूर्ति गरिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।