लोड हुँदैछ...

मेनु

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावमाथि शनिबार छलफल हुने

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावमाथि शनिबार छलफल हुने

विराटनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावउपर आगामी शनिबार छलफल हुने भएको छ। बिहीबार दिउँसो ३ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक विशेष कारणवश बस्न नसकेपछि सभामुख नन्दा गुरुङले सूचना टाँस गरी साउन ९ गते शनिबार दिउँसो ३ बजेका लागि अर्को बैठक तय गरेकी हुन्। प्रदेशसभा सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सभामुखले आजको बैठक स्थगित गरी नयाँ मिति तोक्नुभएको हो, यद्यपि अविश्वास प्रस्तावलाई संसद्मा लैजाने औपचारिक निर्णय भने कार्यव्यवस्था समितिले अझै गरिसकेको छैन।

कर्णालीको सत्ता समीकरणमा आएको फेरबदलसँगै गत ३१ असारमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। त्यसको भोलिपल्टै ३२ असारमा कांग्रेस र नेकपाले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। उक्त प्रस्तावमा नेकपाका ११ र कांग्रेसका पाँच सांसदले हस्ताक्षर गरेका छन्। मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता भएको यो प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय कांग्रेस र नेकपाले गरिसकेका छन्।

केन्द्रमा नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसबीच नयाँ सत्ता समीकरण गर्ने सहमति भएका छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार टिकाउन वा नयाँ बनाउन २१ सांसदको समर्थन आवश्यक पर्दछ। हाल प्रदेशसभामा कांग्रेसका १४, नेकपाका १४, एमालेका १०, राप्रपाका १ र स्वतन्त्र १ सांसद रहेका छन्। मुख्यमन्त्री कँडेललाई नेकपाले साथ नदिएको खण्डमा उनी पदमुक्त हुने निश्चित देखिएको छ, किनकि सत्ताका लागि निर्णायक मानिने कांग्रेस र नेकपा दुवै अहिले विपक्षमा उभिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।