लोड हुँदैछ...

मेनु

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज मनाइँदै

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालका कम्युनिस्ट पार्टीहरू नेकपा ९एमाले०, नेकपा र अन्य वामपन्थी घटकहरूले उहाँको योगदानको स्मरण गर्दै विभिन्न कार्यक्रम आयोजना गरेका छन्।

विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिएका पुष्पलालले नेपाली राजनीतिमा वैचारिक र साङ्गठनिक रूपमा महत्त्वपूर्ण जग बसालेका थिए । उनी नेपालका कदरयोग्य शहीद गङ्गालाल श्रेष्ठका भाइ हुन् ।
पुष्पलालले विश्वविख्यात दार्शनिक कार्ल माक्स र फेडरिक एङगेल्सद्वारा लिखित कम्युनिस्ट मेनिफेस्टोलाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए । उनले विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गर्दै नेपाली क्रान्तिको बाटो पहिल्याएका थिए ।

विसं २००६ वैशाखमा भारतको कोलकातामा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उहाँले नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । नेकपा स्थापना गर्नुअघि विसं १९९८ मा उनले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ समेत गठन गरेका थिए ।

पुष्पलालले नेपाली कांग्रेसलगायतका प्रजातान्त्रिक शक्तिहरूसँग मिलेर संयुक्त जनआन्दोलनमार्फत पञ्चायती व्यवस्था परास्त गर्नुपर्छ भन्ने स्पष्ट राजनीतिक दृष्टिकोण राख्थे । यही वैचारिक जगमा टेकेर पछि विसं २०४६ र २०६२÷६३ को जनआन्दोलन सफल भएको मानिन्छ।
नेपाली राजनीतिक आकाशका नक्षत्र पुष्पलालको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।