लोड हुँदैछ...

मेनु

२७ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन बाढी पूर्वानुमान महाशाखाको अपिल

विराटनगर । देशका विभिन्न भागमा जारी वर्षासँगै आज २७ जिल्लाका नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज एक बुलेटिन जारी गर्दै ती जिल्लाका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।

महाशाखाका अनुसार आज विशेषगरी साना नदी र खोलाहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने मध्यम जोखिम रहेको छ।
बाढीको जोखिम रहेका जिल्लाहरूमा कोशी प्रदेशका तेह्रथुम, संखुवासभा र सोलुखुम्बु रहेका छन्। यस्तै बागमती प्रदेशका दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र धादिङमा पनि बाढीको सम्भावना छ।
त्यसैगरी गण्डकी प्रदेशका गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका मुगु, सुर्खेत, दैलेख, अछाम र डोटी जिल्ला भई बहने ससाना नदीहरूको बहाव बढ्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले बुलेटिनमार्फत भनेको छ, ‘आज यी २७ जिल्ला र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ।’वर्षा र बाढीको जोखिम कायमै रहेकाले नदी किनारका बस्ती तथा आवतजावत गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।
विराटनगर । देशका विभिन्न भागमा जारी वर्षासँगै आज २७ जिल्लाका नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज एक बुलेटिन जारी गर्दै ती जिल्लाका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।

महाशाखाका अनुसार आज विशेषगरी साना नदी र खोलाहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने मध्यम जोखिम रहेको छ।
बाढीको जोखिम रहेका जिल्लाहरूमा कोशी प्रदेशका तेह्रथुम, संखुवासभा र सोलुखुम्बु रहेका छन्। यस्तै बागमती प्रदेशका दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र धादिङमा पनि बाढीको सम्भावना छ।
त्यसैगरी गण्डकी प्रदेशका गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका मुगु, सुर्खेत, दैलेख, अछाम र डोटी जिल्ला भई बहने ससाना नदीहरूको बहाव बढ्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले बुलेटिनमार्फत भनेको छ, ‘आज यी २७ जिल्ला र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ।’ वर्षा र बाढीको जोखिम कायमै रहेकाले नदी किनारका बस्ती तथा आवतजावत गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।