लोड हुँदैछ...

मेनु

विश्वकप लिग–२ : नेपाल र नेदरल्यान्ड्स आज भिड्दै, नेपाललाई जित्नैपर्ने दबाब

विश्वकप लिग–२ : नेपाल र नेदरल्यान्ड्स आज भिड्दै, नेपाललाई जित्नैपर्ने दबाब

काठमाडौँ ।आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलाको दोस्रो खेलमा आज नेपालले घरेलु टोली नेदरल्यान्ड्सको सामना गर्दैछ। पहिलो खेलमा नामिबियासँग हार व्यहोरेको नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब रहेको छ।
नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो २ः२५ बजे सुरु हुनेछ।


शृंखलाको पहिलो खेलमा नामिबियासँग आठ विकेटको लज्जास्पद पराजय व्यहोरेको नेपालको ब्याटिङ पक्ष निकै कमजोर देखिएको थियो। शीर्ष चारमा रहेर सिधै विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने सम्भावना जीवित राख्न नेपाललाई आजको खेलमा जित अनिवार्य छ। आजको खेल पनि गुमाएमा नेपालको शीर्ष चारको यात्रा निकै कठिन बन्ने देखिन्छ। यता घरेलु टोली नेदरल्यान्ड्स पनि आफ्नै मैदानको फाइदा उठाउँदै सुखद सुरुआत गर्ने दाउमा छ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र नेदरल्यान्ड्सबीच अहिलेसम्म सात पटक प्रतिस्पर्धा भएको छ। जसमा नेपालले चार जित निकालेको छ भने तीन खेलमा हार बेहोरेको छ। सुखद पक्ष के छ भने, नेपालले पछिल्ला दुई खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको छ। सन् २०२५ मा सम्पन्न शृंखलामा नेपालले नेदरल्यान्ड्समाथि ५ विकेट र १६ रनको रोमाञ्चक जित दर्ता गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।