लोड हुँदैछ...

मेनु

विराटनगरमा साइक्लिङ उत्सव, १५० राइडरले गरे सहर परिक्रमा

विराटनगर । नेपाली युवा उद्यमी मञ्च विराटनगरको आयोजनामा शनिबार साइक्लिङ उत्सव ‘कोरा २०२६’ सम्पन्न भएको छ । एभ्री राइडर इज विनर, एभ्री राइडर इज अ हिरो भन्ने नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा १५० जना साइकल यात्रीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

शनिबार बिहान विराटनगरस्थित होटल स्वागतमबाट सुरु भएको साइकल र्‍यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । नगर परिक्रमापछि पुन ः होटल स्वागतममै पुगेर कार्यक्रम समापन गरिएको थियो ।

समापन समारोहमा सहभागी १५० जना राइडरहरूलाई प्रोत्साहन स्वरूप प्रमाणपत्र र मेडल वितरण गरिएको थियो । साथै, पर्यावरण संरक्षणको सन्देश दिने उद्देश्यले सबै सहभागीहरूलाई बिरुवासमेत वितरण गरिएको आयोजकले जनाएको छ । शारीरिक व्यायाम र वातावरण मैत्री यात्रालाई प्रोत्साहन गर्न यो कार्यक्रम सफल भएको आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।