लोड हुँदैछ...

मेनु

सप्तरी कारागारमा ५ कैदीबन्दीद्वारा आत्मदाह प्रयास

सप्तरी कारागारमा ५ कैदीबन्दीद्वारा आत्मदाह प्रयास

राजविराज — सप्तरीको राजविराजस्थित जिल्ला कारागारका ५ जना कैदीबन्दीले शनिबार बिहान आत्मदाहको प्रयास गरेका छन्। कारागार नाइकेले बिनाकारण दुःख दिएको र दुर्व्यवहार गरेको भन्दै उनलाई हटाउन माग गरिरहेका कैदीबन्दीले शरीरमा मट्टितेल छर्केर आगो लगाउने प्रयास गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार मेसमा खाना बनाउन राखिएको मट्टितेल प्रयोग गरी उनीहरूले आत्मदाहको प्रयास गरेका थिए। नाइके राख्ने र हटाउने विषयमा दुई पक्षबीच विवाद हुँदा यो स्थिति सिर्जना भएको हो। तत्काल सुरक्षाकर्मी र चिकित्सक टोली पुगेका कारण कुनै मानवीय क्षति हुन पाएन। विवादित नाइकेलाई अन्यत्र स्थानान्तरण गरेपछि अहिले कारागारको अवस्था सामान्य बनेको प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।