लोड हुँदैछ...

मेनु

कोशीमा चट्याङको कहर:

पाँच वर्षमा ६६ को मृत्यु र करोडौँको क्षति हुँदा पनि छैन ‘लाइटिङ डिटेक्टर’

पाँच वर्षमा ६६ को मृत्यु र करोडौँको क्षति हुँदा पनि छैन ‘लाइटिङ डिटेक्टर’

उदयपुर । कोशी प्रदेशमा पछिल्ला पाँच आर्थिक वर्षमा चट्याङका घटनामा ६६ जनाको मृत्यु भएको छ भने २१८ जना घाइते भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष २०७८–७९ देखि चालु आर्थिक वर्ष २०८२–८३ को असार २५ गतेसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

मृत्यु हुनेमध्ये ४४ जना पुरुष र २२ जना महिला छन् । घाइतेमध्ये ११५ जना पुरुष र १०३ जना महिला रहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले जानकारी दिए । उनका अनुसार चट्याङका घटनामा पुरुषको मृत्यु तथा घाइते हुने दर महिलाको तुलनामा उल्लेख्य रूपमा बढी देखिएको छ ।

जिल्लागत विवरणअनुसार झापा सबैभन्दा बढी प्रभावित जिल्ला बनेको छ । जहाँ पाँच वर्षमा ११ जनाको मृत्यु भएको छ । त्यसपछि इलाम, सुनसरी, भोजपुर, उदयपुर र खोटाङमा सात÷सात जनाको ज्यान गएको छ । घाइतेको तथ्यांक हेर्दा ओखलढुंगा सबैभन्दा बढी प्रभावित देखिएको छ । त्यहाँ ४३ जना घाइते भएका छन् । त्यसपछि भोजपुरमा ३९, उदयपुरमा ३३ र खोटाङमा २७ जना घाइते भएको प्रदेश प्रहरीको तथ्यांकमा उल्लेख छ ।

प्रदेश प्रहरीका अनुसार यही अवधिमा चट्याङका कारण एक हजार ३२ वटा पशुचौपाया मरेका छन् । चट्याङबाट आगलागी हुँदा प्रदेशका १४ जिल्लामा एक सय ७० घर तथा गोठ जलेका छन् । यसबाट कुल तीन करोड ७२ लाख ६५ हजार ३५० रुपैयाँ बराबरको धनजनको क्षति भएको प्रहरीले जनाएको छ ।

आर्थिक वर्षगत रूपमा हेर्दा २०७८–७९ मा १२ लाख ३२ हजार रुपैयाँ, २०७९–८० मा ९८ लाख ७४ हजार रुपैयाँ, २०८०–८१ मा एक करोड २२ लाख ३५ हजार ६ सय रुपैयाँ, २०८१–८२ मा एक करोड १४ लाख ८६ हजार रुपैयाँ तथा चालु आर्थिक वर्ष २०८२–८३ को असार २५ गतेसम्म एक करोड २४ लाख ३७ हजार ७५० रुपैयाँ बराबरको क्षति भएको तथ्याङ्कमा उल्लेख छ ।

कोशी प्रदेशमा छैन ‘लाइटिङ डिटेक्टर नेटवर्र्क’

लाइटिङ डिटेक्टर नेटवर्क भनेको चट्याङ (बिजुली) कहाँ, कहिले, कति पटक र कति शक्तिसहित प¥यो भन्ने जानकारी रेकर्ड गर्ने उपकरणहरूको सञ्जाल हो । कोशी प्रदेशमा विराटनगर विमान स्थलमा मात्र छ । विमान स्थलका अनुसार विमान स्थलको सञ्लनको समयमा मात्र रेर्कड हुने गरेको छ ।

जल तथा मौसम विज्ञान कार्यालय, धरानका सूचना अधिकारी रुपक थापाका अनुसार कोशी प्रदेशमा यस्तो नेटवर्क सञ्चालनमा छैन । उनले भने, ‘हाम्रो कार्यालयमा रहेको एउटा लाइटनिङ डिटेक्टर उपकरणसमेत बिग्रिएको छ । यो छ वर्ष अघि सञ्चालनमा थियो । अहिले मर्मत नभए बिग्रेको छ । कोशी प्रदेशमा अहिले विराटनगर विमान स्थलमा मात्र छ । अरु ठाउँमा छैन् ।’

चट्याङका अधिकांश घटना प्रि–मनसुन र मनसुनको समयमा हुने गरेको छ । तर प्रदेशभर चट्याङ कहाँ, कहिले र कति पटक प¥यो भन्ने अभिलेख राख्ने लाइटनिङ डिटेक्सन नेटवर्क नभएपछि कुनै पनि चट्याङको अभिलेख नपाएने थापाको भनाइ छ । ‘हामीसँग भएको लाइटनिङ डिटेक्टर मेसिन पनि बिग्रिएको छ । कुन क्षेत्रमा, कुन समयमा कति पटक चट्याङ प¥यो भन्ने दैनिक, मासिक वा वार्षिक अभिलेख राख्ने प्रणाली अहिले छैन ।’ उनले थप्दै भने ।

उनका अनुसार चट्याङको वैज्ञानिक अभिलेख राख्न लाइटनिङ डिटेक्सन नेटवर्क अनिवार्य हुन्छ । तर कोशी प्रदेशमा यस्तो प्रणाली सञ्चालनमा नरहेको देखिएको छ ।

कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ विभागीय मौसमविद् विभूति पोखरेलका अनुसार पछिल्ला वर्षहरूमा चट्याङका घटना बढ्दै गएको बताएकी छन् । ‘मौसममा अचानक हुने परिवर्तन, मेघगर्जन र वर्षासँगै पर्ने चट्याङका कारण खेतबारीमा काम गरिरहेका किसान, गोठाला, जंगलमा घाँस–दाउरा संकलन गर्न गएका स्थानीय तथा खुला स्थानमा रहेका मानिस बढी जोखिममा पर्ने गरेका छन्’ उनले भनिन् ।

उनले मौसम खराब हुँदा खुला चौर, अग्ला रुख, बिजुलीका पोल, टेलिफोनका तार तथा धातुजन्य वस्तुबाट टाढा रहन, सकेसम्म पक्की भवनभित्र बस्न तथा मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउन आग्रह गरिन् । साथै विद्यालय, स्थानीय तह र समुदायस्तरमा चट्याङसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सके क्षति न्यूनीकरणमा प्रभावकारी हुने उनको सुझाव छ ।
यो समाचारको प्रभावकारी नयाँ शीर्षक बनाउनु

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।