लोड हुँदैछ...

मेनु

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

काठमाडौँ । विशेष अदालतले पूर्व अर्थमन्त्री एवं नेकपा(एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ ।

शुक्रबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले थुनछेक सुनुवाइपछि पौडेललाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार, पौडेल र व्यवसायी दीपक भट्टसहित १६ पक्षविरुद्ध दायर भएको सम्पत्ति शुद्धीकरण सम्बन्धी पूरक अभियोग पत्रमाथि शुक्रबार बहस भएको थियो । उक्त बहसपछि अदालतले पौडेलको हकमा यस्तो आदेश जारी गरेको हो ।

अदालतको आदेशमा पौडेलले सह–प्रतिवादी दीपक भट्टबाट कुनै पनि किसिमको सम्पत्ति या लाभ प्राप्त गरेको नदेखिएको उल्लेख गरिएको छ । सोही आधारमा उनलाई थुनामा राख्न वा धरौटी माग्न आवश्यक नपर्ने भन्दै साधारण तारेखमा छाडिएको हो ।

यसअघि, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलसहितका व्यक्तिहरूमाथि अनुसन्धान गरी विशेष अदालतमा पूरक अभियोग पत्र दायर गरेको थियो । अदालतको यो आदेशसँगै पौडेलले अब बाहिरै बसेर मुद्दा लड्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।