लोड हुँदैछ...

मेनु

विराटनगरको जियोन युनिसेक्स सैलुन दोस्रो वर्षमा, साउनभर विशेष छुट

विराटनगरको जियोन युनिसेक्स सैलुन दोस्रो वर्षमा, साउनभर विशेष छुट

विराटनगर । विराटनगर–९ स्थित ‘जियोन युनिसेक्स सैलुन मेकअप स्टुडियो एण्ड नेल एकेडेमी’ दोस्रो वर्षमा प्रवेश गरेको छ । आफ्नो स्थापनाको दोस्रो वर्ष पुगेको अवसरमा सैलुनले बिहीबार एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

२०८१ साउन ७ गतेदेखि सञ्चालनमा आएको यस सैलुनले वार्षिकोत्सवको अवसरमा साउन महिनाभर विभिन्न सेवाहरूमा विशेष छुटको योजना सार्वजनिक गरेको छ । सञ्चालिका शान्ता श्रेष्ठका अनुसार ग्राहकलाई गुणस्तरीय सेवाका साथै सहुलियत प्रदान गर्न यो योजना ल्याइएको हो ।

सैलुनले दुई वर्षको व्यावसायिक यात्रा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरूमा धन्यवाद ज्ञापन गरेको छ । सञ्चालिका श्रेष्ठले भनिन्, “जियोन युनिसेक्स सैलुनलाई यो उचाइसम्म पुर्‍याउन सहयोग गर्नुहुने सम्पूर्ण ग्राहक महानुभावहरूप्रति कृतज्ञ छु । आगामी दिनमा पनि यहाँहरूको यस्तै साथ र सहयोगको अपेक्षा राखेकी छु ।”

यस स्टुडियोमा महिला र पुरुष दुवैका लागि सैलुन तथा मेकअपका अत्याधुनिक सेवाहरू उपलब्ध छन् । यसका साथै यहाँ ब्युटिसियन र नेल आर्टसम्बन्धी व्यावसायिक तालिमसमेत दिइने श्रेष्ठले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।