लोड हुँदैछ...

मेनु

कोशीसहित देशभर वर्षाको सम्भावना

कोशीसहित देशभर वर्षाको सम्भावना

विराटनगर। कोशी प्रदेशसहित देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ भने प्रदेशभर सामान्यतया बदलीको अवस्था छ।

आज दिउँसो कोशी प्रदेशका तराईका एक-दुई स्थान तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै बागमती, गण्डकी, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा पनि वर्षा हुने महाशाखाले जनाएको छ। लुम्बिनी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राति पनि कोशी प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। राति देशभर सामान्यतया बदली रहने र कोशीसहित अन्य प्रदेशका पहाडी तथा तराईका क्षेत्रमा वर्षा जारी रहने महाशाखाको बुलेटिनमा उल्लेख छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।