लोड हुँदैछ...

मेनु

विराटनगरको ग्यालेक्सी एचएम कलेजमा होटल म्यानेजमेन्टका विद्यार्थीलाई स्वागत

विराटनगरको ग्यालेक्सी एचएम कलेजमा होटल म्यानेजमेन्टका विद्यार्थीलाई स्वागत

विराटनगर । विराटनगरस्थित ग्यालेक्सी एचएम कलेज (प्लस टु कान्तिपुर) ले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरेको छ। शुक्रबार एक विशेष समारोहको आयोजना गरी कलेजले होटल म्यानेजमेन्ट संकायमा भर्ना भएका १५० जना विद्यार्थीहरूलाई स्वागत गरेको हो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख राम ढुंगेलको उपस्थिति रहेको थियो। उनले नवआगन्तुक विद्यार्थीहरूलाई शैक्षिक सफलताको शुभकामना दिँदै भविष्यमा दक्ष जनशक्ति बन्नका लागि जग बलियो बनाउनुपर्नेमा जोड दिए ।

कलेजका प्रिन्सिपल भुवन नेपालले ग्यालेक्सी एचएम कलेजले सधैं रोजगारमुखी र व्यावहारिक शिक्षालाई प्राथमिकता दिँदै आएको बताए । उनले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरी राष्ट्रका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादनमा कलेज निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

समारोहमा विराटनगर १० का वडाअध्यक्ष अर्जुन गिरी, कलेजका म्यानेजमेन्ट डाइरेक्टर रिजन बाबु काफ्ले, प्रोग्राम कोर्डिनेटर श्यामबहादुर कार्की र प्राक्टिकल कोर्डिनेटर रोहन ताम्राकार लगायतले विद्यार्थीहरूलाई कलेजको अनुशासन र उज्ज्वल भविष्यका बारेमा जानकारी गराउँदै शुभकामना दिए ।

स्वागत कार्यक्रममा विद्यार्थीहरूले विभिन्न गीत तथा आकर्षक नृत्यहरू प्रस्तुत गरी सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।

सोही अवसरमा सौन्दर्यकर्मी भली सुब्बा र मीना खनालले विद्यार्थीहरुलाई मेकअपको बारेमा जानकारी गराएका थिए । उनीहरुले प्राक्टिकल गरेर विद्यार्थीहरुलाई मेकअप बारेमा जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।