लोड हुँदैछ...

मेनु

सुरक्षा गणमा प्रहरीका लागि निःशुल्क आँखा शिविर, दुई सय बढी प्रहरीले गराए आँखा जाँच

सुरक्षा गणमा प्रहरीका लागि निःशुल्क आँखा शिविर, दुई सय बढी प्रहरीले गराए आँखा जाँच

विराटनगर । मोरङको दुहवीस्थित नेपाल प्रहरी विशेष सुरक्षा गणमा कार्यरत प्रहरी कर्मचारीहरूका लागि आइतबार निःशुल्क स्वास्थ्य तथा आँखा परीक्षण शिविर सम्पन्न भएको छ।

विराटनगरस्थित श्री शिवम मेडिको र मारुति मेडिकल हलको समन्वय तथा विराट रानी आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो।

शिविरमा गणमा कार्यरत २०० भन्दा बढी प्रहरीको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा सहभागीहरूलाई आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै नेपाल प्रहरी विशेष सुरक्षा गण, दुहवीका गणपति प्रहरी उपरीक्षक (एसपी) केशव भट्टराईले अहोरात्र जनताको सुरक्षामा खटिने प्रहरीको स्वास्थ्यप्रति चासो राखेर यस्तो कार्यक्रम आयोजना हुनु प्रशंसनीय रहेको बताए । उनले स्वस्थ प्रहरीले मात्रै नागरिकलाई प्रभावकारी सुरक्षा दिन सक्ने उल्लेख गरे ।

त्यसैगरी, श्री शिवम मेडिकोका सञ्चालक तथा नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले सामाजिक उत्तरदायित्वअन्तर्गत सुरक्षाकर्मीको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको जानकारी दिए । उनले आगामी दिनमा पनि यस्तै किसिमका समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा मारुती मेडिकल हलकी संचालक तथा नेपाल औषधी व्यवसायी संघ मोरङकी सचिव सरिता श्रेष्ठलेका पनि उपस्तिथी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।


This will close in 20 seconds