चितवन । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चितवनस्थित हात्ती प्रजनन केन्द्रको निरीक्षण गरेकी छिन् ।
निरीक्षणका क्रममा मन्त्री चौधरीले केन्द्रको वर्तमान अवस्था, पूर्वाधार, हात्ती संरक्षण तथा व्यवस्थापनका विषयमा जानकारी लिएकी छिन् । उनले केन्द्रको समग्र सुधार, व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा आवश्यक पूर्वाधार विकासका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइन् ।
मन्त्री चौधरीले दीर्घकालीन रूपमा यस केन्द्रलाई एलिफेन्ट सेन्चुरीका रूपमा विकास गरी संरक्षण र पर्यावरणीय पर्यटनको प्रवर्द्धनसँग जोड्नुपर्ने आवश्यकता औँल्याइन् । उनले प्राकृतिक वातावरणमै हात्ती संरक्षण, जैविक विविधताको संवर्द्धन तथा दिगो पर्यटन विकासलाई प्राथमिकतामा राखेर योजना अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइन् ।
उनले हात्ती संरक्षण, पर्यावरण संरक्षण र पर्यटन विकासलाई एकीकृत रूपमा अघि बढाउँदै चितवनलाई अझ आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।