लोड हुँदैछ...

मेनु

सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिको विरोधमा प्रधानमन्त्रीको राजीनामा माग

सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिको विरोधमा प्रधानमन्त्रीको राजीनामा माग

विराटनगर । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कोशी प्रदेश कमिटीले प्रधानमन्त्रीले सीमा विवादका सम्बन्धमा दिएको पछिल्लो अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै उनको तत्काल राजीनामा माग गरेको छ। संघले एक प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको भनाइ राष्ट्रहित विपरीत भएको दाबी गरेको हो।

विज्ञप्तिमा उल्लेख भएअनुसार, संघीय संसदको रोस्ट्रमबाट प्रधानमन्त्रीले भारतले मात्र होइन, नेपालले पनि धेरै ठाउँमा सीमा मिचेको रहेछ भनी दिएको अभिव्यक्ति तथ्यहीन, गैरजिम्मेवार र कुटनीतिक मर्यादा विपरीत छ। यस अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि गम्भीर प्रहार गरेको संघको ठहर छ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्तो राष्ट्रघाती प्रवृत्तिका विरुद्ध हिजो नालापानीको किल्लामा पानी समेत नपिई लडेका महिलाहरूको इतिहास स्मरण गर्दै देशको रक्षाका लागि सम्पूर्ण महिला तथा आम जनसमुदायमा हार्दिक अपील गर्दछौँ।’

संघले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिए कडा आन्दोलन र संघर्षमा उत्रने चेतावनी समेत दिएको छ। उक्त प्रेस विज्ञप्तिमा संघकी सचिव भूमिका कोइराला र अध्यक्ष लक्ष्मी न्यौपाने (लता) ले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।