लोड हुँदैछ...

मेनु

डाँका समूहले गोली चलाउँदा दुई जना घाइते

डाँका समूहले गोली चलाउँदा दुई जना घाइते

धनुषा । डाँकाले चलाएको गोली लागेर महोत्तरीमा दुई जना घाइते भएका छन् । महोत्तरीको सोनमा गाउँपालिका–३ खखनामा मंगलबार राति राम विश्वास यादवको घरमा डकैती गर्न प्रवेश गरेका डाँका समूहले गोली चलाएको थियो ।

घटनामा रामविश्वासका ज्वाईं ईश्वर यादव र छोरी किरण यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घाइते दुवैको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । प्रहरीले बिहान मात्र घटनाका बारेमा जानकारी पाएको र अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।