लोड हुँदैछ...

मेनु

कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन  आग्रह

विराटनगर । देशभर मनसुन सक्रिय भइरहँदा कोशी प्रदेशमा भने भारी वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशका पहाडी र तराई दुवै क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ।

महाशाखाले सार्वजनिक गरेको मौसम बुलेटिन अनुसार आज दिउँसो कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ। यस्तै, आज राति कोशी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुनुका साथै केही स्थानमा ‘धेरै भारी’ वर्षा समेत हुन सक्ने देखिएको छ। वर्षासँगै कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकीका धेरैजसो र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन विस्तार भइसकेको छ। बाँकी रहेका कर्णाली र सुदूरपश्चिम प्रदेशमा आगामी तीनदेखि चार दिनभित्र मनसुन पुग्ने महाशाखाको अनुमान छ।

आज राति देशभर साधारणतया बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा पनि मध्यम वर्षा र हिमपातको सम्भावना छ। महाशाखाले भारी वर्षा र हुरी चल्ने पूर्वानुमान गरिएका क्षेत्रमा हुन सक्ने प्राकृतिक जोखिमबाट बच्न सर्वसाधारणलाई आवश्यक पूर्वसावधानी अपनाउन सूचित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।