विराटनगर । नेपालकै सबैभन्दा जेठो उद्योग विराटनगर जुटमिल स्थापनाको ९१ औं वर्षमा प्रवेश गरेको छ । विक्रम सम्वत १९९३ सालमा स्थापना भई नेपाललाई औद्योगिक युगमा प्रवेश गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको विराटनगर जुटमिल यतिबेला जीर्ण अवस्थामा छ । १०३ वर्षे राणा शासनको अन्तिम दशकतिर स्थापना भएको यो उद्योग नेपाली जनतालाई प्रजातान्त्रिक अधिकार दिलाउने एउटा इतिहास पनि हो । २००७ सालको ऐतिहासिक क्रान्तिको उद्गम विन्दु यहि उद्योग थियो, जहाँबाट मजदुरहरुको आन्दोलन संगठित गरिएको थियो । त्यो उद्योग अहिले उमेरले मात्र जेठो छैन उसको वयले नै वृद्ध देखिन्छ । बाँकी तस्बिरबाटः















प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।