विराटनगर । नेपालमा केही समययता जारी पश्चिमी वयु र स्थानीय वायुको आंशिक प्रभावका कारण पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली रहेको छ । आज पनि कोशी प्रदेशको पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुका कारण कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागलगायत बाँकी हिमाली भूभागमा साधरणतया बादल लाग्ने छ । आज दिउँसो देशका हिमाली भूभागमा साधरणतया बादल लाग्ने, पहाडी भूभाग आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।
तराई क्षेत्रमा भने तातो हावा चल्ने सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।